एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

ताजा अपडेट

११ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस