नेकपा एकिकृत समाजवादीमा ४ उपाध्यक्ष, पहिलो बरियतामा राजेन्द्र पाण्डे

आश्विन ७,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षको पहिलो बरियातामा राजेन्द्र पाण्डे रहेका छन् । त्यसैगरी थप उपाध्यक्षमा प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

(Visited 542 times, 5 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?