अजोड इन्स्योरेन्सको तालिमहरु सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ७, काठमाडौ । अजोड इन्स्योरेन्सले भदौ २० र २१ गते प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई In-house marketing training काठमाडौंमा सम्पन्न गरेको छ । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै भाद्र २९, ३० र ३१ गते Virtual माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको थियो । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न portfolio को वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको Virtural माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरकीे थिइन् ।

अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिकाको वारेमा प्रशिक्षण प्रदान गरेको थियो ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेको थियो । अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस