धादिङको चालिसेमा मिनी महोत्सव जारी, सोचेजस्तो नभएको आयोजकको भनाई

Post Thumbnail

-सन्तोष सुबेदी
कार्तिक १३, धुनीबेशी । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ६ चालिसेमा सञ्चालित महोत्सव तिहार सम्म जारी रहने भएको छ । औद्यौगीक ,ब्यवसायिक , साँस्कृतिक , पर्यटन तथा ब्यापार मेला भन्ने नाराका साथ सुरु भएको बृहत् दसैँ , तिहार मिनी महोत्सव अशोज २३ गते देखि सुरु भएको हो । कालिका युवा समाज चालिसेको आयोजनामा महोत्सव आयोजना भईरहेको हो ।

महोत्सवमा बिभिन्न कलाकारहरुले मनोरञ्जन दिलाईरहेका छन् । महोत्सवमा तिहारको अवसरमा चाहिने सम्पुर्ण बस्तुहरु पाईने आयोजकले जानकारी दिएको छ ।

झण्डै एक महिना सञ्चालन हुन लागेको यो महोत्सव ब्यबसायिक रुपले भने त्यति प्रभावकारी नदेखिएको सञ्चालक तथा कार्यक्रम ब्यबस्थापक सपन थापाले बताए । दसै तथा तिहारको समयमा अधिकाँस मानिस घर जाने र स्थानियहरुको मात्रै उपस्थिती हुने भएकाले पनि सोचे जस्तो महोत्सव गर्न नसकिएको थापा स्वीकार्छन् ।

महोत्सव कार्तिक २१ ग्ते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । नेपाल मेला महोत्सव सँघको सहयोगमा भईरहेकोे महोत्सवमा बाल उद्यान तथा फन पार्क पनि राखिएको छ । रोटेपिङ्ग , बच्चाहरुको पिङ्ग लगायत पनि रहेको आयोजक टिमका सदस्य राजु भुजेलले जानकारी दिए ,

आर्थिक लेखाजोखाको बिषय महोत्सव सकिएको दिनमा हुने समेत उनले बताए । स्वास्थ्य , शिक्षा ,पर्यटन उद्योग ,खेलकुद कला सँस्कृति बिबिध क्षेत्रको पहिचान गरी मेला मार्फत प्रचारप्रसार गर्ने आयोजकको उदेश्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस