त्रिशूली नदीमा कार खस्यो, तीन बेपत्ता एक घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, चितवन । त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका-५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार बिहीबार राति ११:४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस