नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाई

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोनस दिँदा नगद लाभांश वितरणमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधनसहित)को निर्देशनको सूचना बिहीबार सार्वजनिक गर्दै नगद वितरणमा कडाइ गरेको हो ।

कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले लाभांश स्वीकृत गर्दा वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गएको भविष्यमा बैंक तथा वित्तीय संस्थाहरूले नोक्सानी व्यहोर्नुपर्ने संभावना रहन नहुने उल्लेख गरेको छ ।

यसअघि राष्ट्र बैंकले गतवर्ष कार्यविधि जारी गर्दै कोभिड महामारीको जोखिमबाट बैंकहरुलाई जोगाउनका लागि नगद लाभांशमा कडाइ गरेको थियो । उक्त व्यवस्थालाई चालु वर्षका लागि समेत निरन्तरता दिएको हो ।

कार्यविधिले ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले गत वर्ष नै कार्यविधि जारी कार्यविधिमा आर्थिक वर्ष २०७७/७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ ।

यसैगरी तोकेबमोजिम मासिक औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने प्रावधान छ ।

कार्यविधिले २०७८ भदौ १५ गतेभित्र प्राप्त हुने व्याजबाट समेत लाभांश वितण गर्ने सहुलियत दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस