सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

विहीबार सुचना जारी गर्दै नेप्सेले आव २०७८/७९ को धितापत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो । रू. ५० करोडसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने नेप्सेले जानकारी गराएको छ ।

त्यसैगरी, रू. ५० करोडभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापन १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्ने नेप्सेले जनाएको छ ।

वार्षिक नवीकरण शुल्क कम्पनीहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्ने सूचनामा उल्लेख छ । तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशत दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस