युवासंघ धुनिबेसीको प्रथम अधिबेशन सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ९, काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल धुनिवेशी नगरपालिका,धादिङको वृहत नगर युवा भेला तथा प्रथम अधिवेशन नेकपा एमाले धादिङ जिल्ला कमिटीका अध्यक्ष एवम् प्रतिनिधिसभाका माननीय सदस्य भुमी त्रिपाठीको प्रमुख आतिथ्यतामा,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीका सचीव बिष्णुहरि त्रिपाठीको बिशेष आतिथ्यता सम्पन्न भएको छ ।

भेलामा अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल स्थाई कमिटी सदस्य दिपक खतिवडा, शिव महर्जन तथा सचिवालय सदस्यहरु स्वतन्त्र पन्डित, रमेश अधिकारी र राजेश बानिया एवम् केन्द्रिय कमिटि सदस्यहरु ईश्वर राज लोहनी ,अनिसा बराम,अन्तर जिल्ला धादिङ-काठमाडौ युथ फोर्स प्रमुख एल.के.श्रेष्ठ उपस्थित थिए ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य उद्वव लुईटेल,एमाले नगर कमिटी अध्यक्ष रामराजा पान्डे,नेकपा एमाले प्रदेश सम्पर्क कमिटीका सदस्य उत्तम पाठक ,रास्ट्रीय खेलकुद महासंघ स्थायी कमिटी सदस्य मन्दिरा श्रेष्ठ,केन्द्रिय सदस्य एकराज सेढाई लगायतको उपस्थिति थियो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु पार्टी प्रवेश गरेका थिए भने कार्यक्रमको बिचमा सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। सुनिल तामाङको अध्यक्षतामा सम्पन भेलाले दिपेन्द्र तामाङको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस