कपनबाट ढलमा खसेर हराएका बालकको शव ललितपुरमा भेटियो

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ आश्विन १०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १०, काठमाडौं । कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । ​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस