एभरेस्ट प्रिमियर लिग : विराटनगर २ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन १०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १०, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ ।

आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।

ताजा अपडेट

खोजी गर्नुहोस