अरुण भ्यालीको शेयरमूल्य समायोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ११, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ११, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सोमबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५२३ रुपैयाँ तोकिएको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । आइतबार कम्पनीको शेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा कम्पनीको सभाकक्षमा भर्चुअल जुम एपबाट बिहान ११ बजे शुरु हुनेछ ।

सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस