मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने माओवादी बैठकको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ११, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । सोमवार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । सदन अदालतसँग जोडिएको कानूनी जटिलता हेरे लगत्तै मन्त्रिमण्डल बिस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।

स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ ।

स्थानीय स्तरको मेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस