मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश फिर्ता हुनसक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ११, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ११, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले बतायो ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याउन सक्ने व्यक्तिले दल विभाजन गर्ने सम्बन्धी व्यवस्था छ । यही व्यवस्था अनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका छन् ।

अध्यादेश फिर्ता नहुँदा फेरि पनि पार्टी फुट्न सक्ने डरले गठबन्धनमा आबद्ध दलहरुले अध्यादेश फिर्ता लिएपछि मात्रै वर्तमान सरकारमा सहभागी हुने अडान लिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस