आईपीएलः हैदराबादले राजस्थानलाई हरायो

असोज १२, काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए ।

हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए ।

यस जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ । हैदराबादले १० खेलमा ४ अंक जोडेको छ । हैदराबाद पुछारमा रहेको छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply