उद्योग खोल्न स्थानीय तहको चासो

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ कार्तिक १४, बुधबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

कात्तिक १४, तेह्रथुम । जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् ।

कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेट विनियोजन समेत गरेका छन् ।

राष्ट्रिय सहकारी महासङ्घ नेपालले म्याङलुङमा आयोजना गरेको ‘सहकारीमा प्रभावकारी दूध आपूर्ति शृङ्खला व्यवस्थापन गोष्ठी’ मा किसान र व्यवसायीसँग छलफल गर्दै स्थानीय तहका जनप्रतिनिधिले उनीहरुका समस्या सुल्झाउन प्रतिबद्धता जनाएका हुन् ।

लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग गर्ने बताए ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले आफ्नो गाउँपालिका दूधको पकेट क्षेत्र भएकाले ब्लकको रूपमा विकास गर्न विशेष कार्यक्रम तय गरिएको बताए। उनले गाउँपालिकाले कृत्रिम गर्भाधान, उन्नत जातको घाँसको खेती प्रबद्र्धन, दानामा ढुवानी अनुदानलगायतका कार्यक्रममार्फत दुग्ध क्षेत्रको प्रवद्र्धन गर्न थालिएको बताए।

म्याङलुङ नगरपालिका तथा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका प्रतिनिधिले समेत दुग्ध क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । मेन्छ्यायेम गाउँपालिका–५ का वडाध्यक्ष शिवनाथ खापुङले किसानलाई दुग्ध क्षेत्रमा विकास गर्न सहयोग पु¥याउने कार्यक्रम तय गरिएको जानकारी दिए। गाउँपालिका क्षेत्रमा चिस्यान केन्द्र निर्माण गरी दूध बिक्री गर्न लागिएको उनको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधिले दूध र दुग्धजन्य वस्तु छुर्पी, चीज र घिउको कारोवारबाट जिल्लाको समृद्धि सम्भव रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस