‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

असोज १२, परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ न्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए । एमसिसी नेपालका लागि मात्र नभएर सबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो ।

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असर पर्ने बताए । ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं । सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे ।

मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए । उनले एमसिसीमा सबै दलको सहयोग र राष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए । यस्तै, उनले यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेर विवादित बनाउने काम गरेको पनि बताए ।

संम्बन्धित समचार

Leave a Reply