पीएसजीमा मेस्सीको पहिलो गोल, सिटी पराजित

असोज १३, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे । घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् ।

यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा क्लब ब्रुगले आरबी लाइपजिगलाई २-१ ले हराएको छ । क्लब ब्रुग ४ अंक जोडेर दोस्रो र लाइपजिग अंक विहीन रहदै पुछारमा छ ।

संम्बन्धित समचार

Leave a Reply