३८ मेगावाटको आखुखोला जलविद्युत आयोजना अघि बढ्यो, बैँकसंग सुमार्गीले गरे सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन १३,काठमाडौँ । मुक्तीश्री प्रा.लिका अध्यक्ष तथा व्यवसायी अजेयराज सुमार्गीले ३८ मेगावाटको आखुखोला जलविद्युत आयोजना निर्माण गर्ने भएका छन्।

२२ भन्दा बढी उद्योगमा लगानी गरेका सुमार्गीले करिब साढे ७ अर्ब रूपैयाँ अनुमानित लगानीको आँखुखोला जलविद्युतमा पनि लगानी अघि बढाएका हुन्।

धादिङको रूबी भ्याली र खनियाबास गाँउपालिकामा निर्माण गर्न थालिएको आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ। सिटिजन इन्टरनेशनल बैंकको अगुवाइमा ५ बैंक र प्रवर्द्धक कम्पनी आँखुखोला हाइड्रो प्रालि बीच मंगलबार वित्तीय व्यवस्थापनसम्बन्धी काठमाडौंमा सम्झौता भएको छ।

सम्झौतामा प्रवर्द्धक आँखुखोला हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष अजेयराज सुमार्गीले र बैँकहरूका तर्फबाट सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका साथै सिभिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक लिमिटेडका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

मुक्ति श्री कम्पनीको ९५ प्रतिशत स्वामित्व रहेको आँखुखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष सुमार्गीले ग्यास तथा पेट्रोलियम पदार्थका कारण देशले ठूलो व्यापार घाटा बेहोरिरहेको र त्यसलाई प्रतिस्थापन गर्न जलविद्युतमा लगानी गर्न आवश्यक भएकाले आफू जलविद्युत आयोजना निर्माणतर्फ अघि बढेको बताए ।

आफूले लामो समयदेखि जलविद्युत क्षेत्रमा लगानी गर्न चाहेको भएपनि लाइसेन्स लिने प्रक्रिया र अन्य अध्ययनका कारण केही ढिलाइ भएको उनले बताए।

‘जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको ८ वर्षभन्दा बढी भयो, यसमा अरू उद्योगमा जस्तो सजिलो हुँदो रहेनछ,’ सुमार्गीले भने, ‘कि लाइसेन्स खरिद गर्नुपर्ने नत्र सुरूदेखि प्रक्रिया अघि बढाउँदा ५ वर्ष त लागि हाल्ने रहेछ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस