नेप्से परिसूचक ५० अंकले सुधारियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार  सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन ।

दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस