सर्वदलीय बैठक बस्‍दै, संसद्को गतिरोध अन्त्यको विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लागेका हुन् । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन २३ मा संसदको अधिवेशन सुरु भएसँगै सबैजसो बैठकमा अवरोध गर्दै आएको छ । उसले सभामुखको भूमिका समेत एमाले फुटाउनेमा केन्द्रित भएको भन्दै सभामुखविरुद्ध संसदमै नारावाजी गरिरहेको छ ।

बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस