टोटेनहमको जितमा केनको ह्याट्रिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । इंग्लिस क्लब टोटेनहमले युरोपा कन्फरेन्स लिगमा फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे । डेली अलि र जियोभानी लो सेल्सोले एक एक गोल गरे । मुराका जिगा कोउसले एक गोल फर्काए ।

घरेलु मैदानमा अलिले चौंथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । आठौं मिनेटमा जियोभानीले गोल गर्दा टोटेनहमले २-० को अग्रता बनायो ।

५२ औं मिनेटमा मुराका जिगाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि केन चम्किए । ६८ औं मिनेटमा पहिलो गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-१ को बनाए । त्यसपछि खेलको ८८ औं मिनेटमा केनले ह्याट्रिक पूरा गर्दै टोटेनहमलाई ५-१ को फराकिलो जित दिलाए ।

यस जितसँगै समूह जी को टोटेनहमले २ खेलमा ४ अंक जोडेको छ । टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ । मुरा अंक विहीन रहदै पुछारमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस