एमालेको विधान महाधिवेशन शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस