रेडियो अन्नपूर्ण नेपालका तिनैवटै प्रतिस्पर्धाको विजेतालाई एकैसाथ पुरस्कार

असोज १५, काठमाडौं । रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले आयोजना गरेको तीन फरक/फरक प्रतियोगिताका विजेतालाई नगद पुस्कार हस्तारण गरेको छ । ‘भानु कविता महोत्सव २०७८’ , ‘गाईजात्रा कमेडी च्यालेन्ज ’ र ‘तीज मनाउने, रेडियोमा गाउने,सबैलाई सुनाउने ’प्रतियोगिताका विजयलाई १/१ लाख नगद राशीसहित प्रशंसापत्र प्रदान गरिएको हो । काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरको सभाकक्षमा आयोजित समारोहबीच पुरस्कार हस्तान्तरण गरिएको हो।

‘भानु कविता महोत्सव २०७८’ का विजेता प्रज्वल अधिकारीलाई १ लाख पुरस्कार हस्तान्तरण गरिएको छ । अन्नपूर्ण मिडिया नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नविल बैंकका कर्पोरेट कम्युनिकेशन हेड कृष्ण सुवेदीले विजेतालाई संयुक्त रुपमा चेक, प्रशंसा पत्र विजेतालाई प्रदान गरेका थिए ।

महोत्सवका उत्कृष्ट २ पुरुषोत्तम सिंगदेल र भावकेशर बराललाई नगद १०/१० हजार र प्रशंसापत्र प्रदान गरिएको थियो। भानु कविता महोत्सवमा ७ सय जना कविले कविता पेश गरेका थिए । त्यसमध्ये एक सय वटा कविता छनौटमा परेका थिए । कडा प्रतिस्पर्धाकाबीच कवि अधिकारीले रचना गरेको कविता सर्वोत्कृष्ट भएको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जका प्रमुख शिरोमणि दवाडीले बताए ।

भानु कविता महोत्सवको निर्णयकहरूमा मस्र्याङ्दी साहित्यिक प्रतिष्ठानका अध्यक्ष बमबहादुर जिताली, पेन नेपाल च्याप्टरका सचिव भिष्म उप्रेती, साहित्य सञ्चार केन्द्रका संयोजक मित्रबन्धु पौडेल, पद्मकन्या क्याम्पकी उप-प्रध्यापक प्रभा भट्टराई आचार्य, अन्तर्राष्ट्रिय नेपाली सहित्य समाजको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ थिए।

महोत्सवका विजेता प्रज्जवल अधिकारीले कविता लेखेर सर्जकलाई बाच्ने दिन आउनु पर्ने धारणा राखे । नेपालका सर्जकहरुले लेखेर बाँच्ने दिन आउनुपर्छ ।’त्यसपछि मात्रै नेपाली साहित्य फष्टाउने उनले औंल्याए ।

कविहरुले कोरोना महामारीमा आम मानिसका जीवनलाई गम्भीर ढंगले प्रस्तुत गरेको कार्यक्रमका निर्णायक पेन नेपाल च्याप्टरका सचिव उप्रेतीले उल्लेख गरे । ‘त्यसैले यो कविता महोत्सव ऐतिहासिक बन्यो, उनले भने, आउँदा दिनमा भानुजयन्तीलाई अन्नपूर्ण परिवारले विशेष बनाउँदै जानुपर्छ ।’ प्रस्तुत कविताहरुलाई पुस्तकको आकार दिइने कुराले यस कार्यक्रमको उचाइ अझ बढेको कुरामा उनले जोड दिए ।

गाईजात्रा कमेडि च्यालेन्जका विजेता पौडेल
गाईजात्रा कमेडि च्यालेन्जका विजेता संजीव पौडेललाई एक लाख राशीको पुरस्कार हस्तान्तरण गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सनराइज बैंक ब्रान्डिङ विभागका प्रमुख सुमन थापाले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

५० जना प्रतिष्पर्धीलाई उछिन्दै पौडेल सर्वोत्कृष्ठ भएका हुन् । प्रतियोगिताको अन्तिम चरणको निर्णायकमा वरिष्ठ हास्यव्यंग्यकार ‘चट्याङ मास्टर’ कृष्णमुरारी गौतम, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे, हाँस्यअभिनेता ‘राता मकै’ किरण केसी, अभिनेत्री सरीता लामिछाने रहेका थिए ।

तीज प्रतियोगिताको सर्वोत्कृष्ट गजुरेल
‘तीज मनाउने, रेडियोमा गाउने, सबैलाई सुनाउने ’प्रतियोगिताका सर्वोत्कृष्ट विजेता उषा गजुरेललाई एक लाख राशीको पुरस्कार हस्तान्तरण गरिएको छ ।

यो पुरस्कार अन्नपूर्ण मिडिया नेटवर्कले प्रदान गरेको हो। सो प्रतियोगितामा एक सयजना प्रतियोगीको सहभागिता रहेको थियो । त्यसमध्ये गजुरेल उत्कृष्ठ भइन् ।अन्तिम चरणको निर्णायकमा गायिका कुन्ति मुक्तान र लोक गायिका सुनीता दुलाल थिइन् ।

पुरस्कार प्रदान गरेपछि आफ्नो धारणा राख्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाली साहित्य हराउन खोजिरहेको अवस्थालाई यस्ता कार्यक्रमले नयाँ लहर ल्याउन खोजेको बताए । ‘राष्ट्रलाई परेको बेलामा जे गर्न सकिन्छ त्यो नै राष्ट्रियता हो, क्याप्टेन थापाले भने, ‘त्यसको उदाहरणको रुपमा भानु कविता महोत्सवलाई लिन सकिन्छ । अस्थिर राजनीति अवस्थाले नेपालीहरुको भावनामा चोट दिएको भन्दै साहित्यकार,कलाकारले नेपालीहरुको भावनालाई जोड्दै जानुपर्ने बताए।

 

संम्बन्धित समचार

Leave a Reply