काठमाडौंमा कांग्रेसको पालिका अधिवेशन हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १६, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं पालिका अधिवेशन आज हुँदैछ। पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ९ मा पालिका अधिवेशन हुनुपर्ने भएपनि सबै वडा अधिवेशन नसकिएपछि पालिका एक साता पर सारिएको हो ।

काठमाडौंका पालिकाहरुमा देउवा पक्ष र प्रकाशमान/गगन थापापक्षबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह/गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षसँग मिलेर नेता कृष्णप्रसाद सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधानले गठबन्धन बनाएका छन् ।

प्रकाशमान–गगन पक्षबाट काठमाडौं महानगरपालिका निलकाजी शाक्य, शंखरापुर नगरपालिकामा दिलीपकुमार श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिकामा राजाराम बुढाथोकी, टोखा नगरपालिकामा दीपक जोशी, गोकर्णेश्वरमा कुमार लामा,चन्द्रागिरि नगरपालिकामा घनश्याम गिरी (चन्द्रागिरी नगरपालिकाका मेयर), कागेश्वरी मनोहरा मिठाराम दाहाल, तारकेश्वर नगरपालिकामा श्रीराम थापा, नागार्जुन नगरपालिकामा दुर्गा गौतम र अच्युत उप्रेती मध्ये एक उम्मेदवार हुने भएका छन् ।

त्यस्तै कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, दक्षिणकाली नगरपालिकामा मोहनबहादुर बस्नेत उम्मेदवार हुने छन् । चन्द्रागिरी नगरपालिकामा भने चुनाव नहुने सम्भावना बढेको छ । त्यस्तै दक्षिणकालीमा पनि सर्वसहमतिको प्रयास गरिएको छ । बस्नेत उक्त नगरपालिकाको मेयर समेत हुन् ।

देउवा पक्षबाट काठमाडौं महानगर प्रगतिमान रञ्जित र कागेश्वरी मनोहरा नगरपालिका उद्धव दाहालको नाममा मात्र सहमति जुटेको छ । देउवा पक्ष अन्य नगरपालिकाका उम्मेदवार टुंग्याउने क्रममा रहेको छ । शुक्रबार राति अबेरसम्म बसेको उक्त पक्षको बैठकले सबै नगपलिकाकाको उम्मेदवार तय गर्न सकेको छैन ।

काठमाडौं महानगरको अधिवेशन शनिबार विहान सवा ८ बजेदेखि राष्ट्रिय सभा गृहमा हुने भएको छ । महानगरको अधिवेशन नेता प्रकाशमान सिंहले उद्घाटन गर्ने जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।

१० प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस