एमाले विधान महाधिवेशन: बिहान समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १६, काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो ।

छलफलका लागि १० वटा समूह बनाइएको छ । समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ । समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ ।

शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारत गायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस