विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १७, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा जितेका हुन् ।

सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे । संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।

महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन् । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

मोरङमा शनिबार मतदान भएका १६ मध्ये ६ पालिका परिणाम शनिबार साँझ आइसकेको थियो । बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् ।

यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् भने कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् ।​ सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस