एमाले विधान महाधिवेशन: अध्यक्ष ओलीसहित तीन नेताले जवाफ दिंदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाविधेशन आज सकिदैछ । ६ हजारभन्दा बढी प्रतिनिधिबीच शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।

आज राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

आज पहिलो चरणमा प्रदेश नम्बर १, २, गण्डकीसहित पाँच वटा समूहले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ । शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरुमाथि उठेका सुझाव समेटेर ५ वटा समूह नेताहरुले प्रस्तुति गर्नुभएको थियो ।

समूहगत सुझावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

हिजो बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । त्यसको जवाफ आज तिनै जना नेताले दिने छन् । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई दिए ।

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरे। जवाफ दिएर आजै महाधिवेशन सक्ने एमालेको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस