वास मिडिया फोरम नेपाल’ को दोस्रो साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १७,काठमाडौँ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संगठन ‘वास मिडिया फोरम नेपाल’ को दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कोषाध्यक्ष पुरुषोत्तम खत्रीको आर्थिक प्रतिवेदन, महासचिव पी।टी।लोप्चनद्धारा पेश सांगठनिक प्रतिवेदन र अध्यक्ष मनिषा अवस्थीद्धारा प्रस्तुत वास मिडिया फोरमको भावी कार्यदिशा र रणनीति सर्वसम्मत पारित गरेको छ ।

कोषाध्यक्ष खत्रीले आर्थिक बर्ष २०७७/०७८ को आय व्यय तथा ०७८/०७९ को अनुमानित आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै महासचिव लोप्चनले पेश गरेको सांगठनिक प्रतिवेदनमा सातै वटै प्रदेशमा वास मिडिया फोरमको प्रदेश कमिटी गठन गर्ने प्रस्ताव गरिएको थियो भने अध्यक्ष मनिषा अवस्थीले प्रस्तुत गरेको प्रतिवेदनमा फोरमको भावी कार्यदिशा कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने रणनीति उल्लेख गरिएको थियो ।

यस्तै खानेपानी, सरसफाइ र स्वच्छता ९वास० क्षेत्रका खबरहरु बढीभन्दा बढी प्रकाशन तथा प्रसारणका लागि मूलधारका मिडियाहरुसँग पैरवी गर्ने, वास क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई संगठित गरी यस सम्बन्धी अध्ययन, अनुसन्धान र लेखन कार्यका लागि क्षमता अभिवृद्धि र सवलीकरण गर्ने, वास क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय एवं सहकार्य गरी जनतालाई वास सम्बन्धी सेवा सुविधा पुर्‍याउन सम्बन्धित पक्षलाई खबरदारी गर्ने अध्यक्षको प्रतिवेदन उल्लेख छ ।

वास मिडिया फोरमले साधारण सभाको अवसर पारी ‘काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम’ समेत आयोजना गरिएको थियो । कार्यक्रममा पूर्व सचिव एवं शहरी विज्ञ किशोर थापा, काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, खानेपानी तथा ढल व्यवस्थापन विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रभात श्रेष्ठ, काठमाडौ महानगपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धर, सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ र सिसडोलका स्थानीयबासिन्दा राममणि घिमिरे लगायतले काठमाडौको फोहोर व्यवस्थापनको सवालमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस