आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस