राजकिशोर यादवको मधेस दौडाहा: तिन ठुला दलका सयौं नेता कार्यकर्ता जसपामा भित्रिए

आश्विन १७,सिरहा ।जनता समाजवादी पार्टीका शिर्ष नेता राजकिशोर यादव यतिबेला मधेस दौडाहामा छन् । पार्टीको संगठन विस्तार तथा प्रशिक्षणमा उनले मधेसकेन्द्रित राजनितिक गतिविधी अघि बढाएका हुन् । उनको यो सक्रियतासंगै मधेसमा एउटा तरंग सिर्जना भएको छ । यसैबीच सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको कल्याणपुर नगरपालिका-५ चिकनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौं जनाले जसपा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेहरू नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता हुन् । यसमध्ये एकजना प्रमोद यादव कांग्रेसका वडा सभापति नै हुन् ।

उनको स्थानीय स्तरमा राम्रो पक्कड छ । उनीहरूलाई जसपाका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद यादव र प्रदेश सांसद सुरेश कुमार मण्डलले संयुक्त रुपमा पार्टीमा स्वागत गरे । देशका सबै राजनीतिक दललाई जनताले चिनिसकेको भन्दै जसपाप्रति जनाकर्षण बढ्नु स्वभाविक रहेको नेता यादवले बताए । अबको देशको वैकल्पिक राजनीतिक शक्ति जसपा नै रहेको भन्दै उनले जनताले साथ दिए मात्रै देशलाई समृद्ध बनाउने सपना पूरा हुने धारणा राखे ।

संम्बन्धित समचार

Leave a Reply