कोशी टप्पुको मकुना हात्ती मृत फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको हो ।

आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्युको करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।

स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो। करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीयको भनाइ छ । हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस