काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा​ शाक्य विजयी

आश्विन १७,काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा​ निलकाजी शाक्य विजयी भएका छन् । उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।यस्तै सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी हुँदा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply