यातायातका दुई विचौलिया पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट आइतबार दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१४ नक्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ वर्षका सुरज गुप्ता पक्राउ परेका हुन् ।

उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए । यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस