आज विश्व बसोबास दिवस, विविध कार्यक्रम गरी मनाइँदैं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, आज विश्व बसोबास दिवस, शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसका अवसरमा विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको विभागले जनाएको छ ।

कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, ललितपुर महानगरपालिका, पूर्वसचिव किशोर थापालगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै दिवसको अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकालेसमेतले कार्यक्रमहरु आयोजना गर्दैछन् ।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको दिवस सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा मनाउने दिवस नेपालमा सन् २००१ देखि मनाउन सुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

‘तीव्र शहरी क्रियाकलापको लक्ष्य: कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए ।

यस्तै, आजै विश्व पशु दिवस नेपालमा पनि मनाइदैछ । संसारबाट लोप हुन लागेका जनावरको संरक्षण गर्नुको साथै महत्वको बारेमा जागरूक गराउन हरेक वर्षको ४ अक्टोबरका दिन विश्व पशु दिवस मनाउने गरिन्छ । सन् १९३१ मा इटलीमा आयोजना गरिएको पशु संरक्षण सम्मेलनले अक्टोबर ४ लाई विश्व पशु दिवसको रूपमा स्वीकार गरेपछि दिवस मनाउने क्रम शुरु भएको हो ।

पर्यावरण संरक्षणमा प्राणी, जीवको आवश्यकता पर्ने तथा वायुमण्डलमा भएको कार्वन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको उत्तिकै योगदान रहने गरेको छ । विश्वमा वार्षिक तीन खर्ब किलो भन्दा बढि पशुका मासु उपभोग गर्ने गरिन्छ । भने मानिसको पेट भर्न मात्रै हरेक वर्ष ८० अर्बभन्दा बढी जनावरले बलीदान गरिरहेका हुन्छन् ।

नेपालमा विभन्नि समुदायमा जनावरलाई देवीदेवताको बहान, सन्देशबाहकको रुपमा पुज्ने प्रचलन छ । दशैंमा मासुको उपभोग गरिन्छ भने तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतिक मानेर पुजने चलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस