कांग्रेस महाधिवेशन: चन्द्रागिरिमा घनश्याम गिरीको प्यानलै सर्वसम्‍मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍तरगत चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी सर्वसम्‍मत निर्वाचित भएका छन् ।

सोमबार बिहान नगर सभापतिसहित पदाधिकारी र सदस्‍यसमेतमा गिरीको प्यानलै सर्वसम्‍मत निर्वाचित भएको हो । गिरि कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

नगर उप सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ निर्वाचित भएका छन् । सचिवमा नविन महर्जन, सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा मन्जयप्रकाश श्रेष्ठ निर्वाचित भएका हुन् । गिरी चन्‍द्रगिरि नगरपालिकाका मेयरसमेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस