कांग्रेस नीलकण्ठ नगर सभापतिमा ठकुरी बिजयी

आश्विन १८, धादिङ । नेपाली कांग्रेसको नीलकण्ठ नगरपालिकाका सभापतिमा शम्भुराज सिंह ठकुरी  निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा ठकुरीले प्रतिष्पर्धी ध्रुर्व प्रसाद रिजाललाई ३३ मतान्तरले हराउदै विजयी भएका हुन् ।

ठकुरीले २५४ मत पाएका थिए भने रिजालले २२० मत पाएका थिए । नगरपालिकामा १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष गरी ४ सय ८८ जना प्रतिनिधि रहेकोमा निर्वाचनमा ४ सय ८६ मत खसेको थियो।

ठकुरी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन,भिम प्रसाद ढुङ्गाना समुहका उम्मेदवार हुन भने रिजाल रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी,रमेश धमाला पक्षबाट रहेका थिए ।

संम्बन्धित समचार

Leave a Reply