आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १८, सोमबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

आश्विन १८,काठमाडौँ । आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNÚ21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल MUN ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ । प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुको लागि उत्तिकै महत्वपूर्ण छ जति प्रतियोगिहरुका लागि । तसर्थ यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलंद पार्ने विश्वास लिइएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरीएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको छ । अघिल्लो बर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ्ग मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसंगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ ।

आइएमई पे मा युनिभर्स नेपाल २०२१ को भोटिङ्ग चाँडै खुल्नेछ । आफ्नो मनपर्ने प्रतियोगीलाई प्रतियोगितामा अगाडि बढ्न पहिलो भोट निः शुल्क हुनेछ । मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले, अक्टोबर ३०मा मिस युनिभर्स नेपाल २०२१ को बिजेतालाई ताज पहिराउने छिन् ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपुर्ण विशेषता हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस