ईपीएलः काठमाडौं र भैरहवा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार लिग चरणको अन्तिम खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई यस खेल महत्वपूर्ण रहेको छ । प्ले अफ पुग्नका लागि काठमाडौंलाई जित बाहेक अन्य बिकल्प छैन ।

काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा काठमाडौं बाहिरिनेछ । जित निकालेका चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ ।

काठमाडौं हारेको खण्डमा ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ । भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

काठमाडौंलाई हराएर भैरहवा क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ ।

शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् । क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस