प्रतिनिधि सभाको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने संसदमा नाराबाजी गर्दै आएको छ । आज पनि संसद अवरुद्ध पार्ने एमालेको रणनीति छ । प्रतिपक्षको विरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाहीलाई अगाडी बढाउँदै आएका छन् ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस