श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लियो

असोज १९, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर घाँसतिर गएको हो ।

विमानस्थल स्रोतका अनुसार ‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ । फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ । जहाजमा कुनै क्षति भएको छैन ।

संम्बन्धित समचार

Leave a Reply