बलिउड अभिनेता अनुपम खेरले गरे पशुपतिनाथको दर्शन

असोज १९, काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले काठमाडौँको पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपतिनाथको मन्दिर गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको सुस्वास्थ्य र शान्तिको कामना गरेका छन्, । काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु , मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” भिडियोमा उनले भनेका छन् ।

खेर फिल्म उचाईको सुटिङका लागि बोमन इरानी, परिणिती चोपडासहित काठमाडौँ आएका हुन् ।

 

संम्बन्धित समचार

Leave a Reply