आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा महिला पक्राउ, ५ किशोरीको उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं ।सोमबार काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ ।

यौनधन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ ।

आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस