३३ किलो सुनकाण्ड: गोरेलाई जन्मकैद,८ जना दोषी ठहर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । ३३ किलो सुनप्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न आठ जनादोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस