पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

असोज १९, काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् ।

यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply