ईपीएलः क्वालिफायरमा चितवन र पोखरा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन २०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो ।

चितवन र पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस