मन्त्रीको टुंगो लगाउन जसपाको कार्यकारिणी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको जसपा सांसद प्रमोद साहले बताए ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्दै छ । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने साहले बताए । ‘मन्त्रीका आंकाक्षी धेरै छन्, कसरी कसलाई लाने बिषयमा बैठकलमा फाइनल डिसिजन हुन्छ’ उनले भने ।

मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि जसपा अध्यक्ष उपेन्द यादवले बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताएका थिए ।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरु यादव, बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस