पीपीएलमा विराटनगर टाइटन्सको पहिलो जित

कार्तिक १४,पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ ।

लगातार ३ खेल गुमाएको विराटनगरले बुधबार भएको खेलमा बुटवल बलास्टर्सलाई १२ रनले पराजित गर्दै आफूलाई प्रतियोगितामा टिकाइरहन सफल भएको हो । १४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

यता विराटनगरका लागि मोहम्मद जइद आलमले ७२ रन बनाए । ४५ बल खेलेका आलमले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यसैगरी प्रदीप ऐरीले ४१ रन बनाउँदा राजु रिजालले ८ रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरा अंकमा रन बनाउन नसक्दा कप्तान लामिछाने १ रनमा रनआउट भएका थिए । बुटवलका लागि ललित भण्डारीले २ विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply