एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्छ : परराष्ट्रमन्त्री खड्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए ।

माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर प्रश्न गरेका छन् ।

एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस