ईपीएलः फाइनलका लागि भैरहवा र पोखरा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन २१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २१, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुन: क्वालिफायर खेल्ने पाएको हो ।

यस वर्ष भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेको हो । वर्षाको कारण लिग चरणको भेट नतिजा विहीन सकिएको थियो ।

यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस