पाकिस्तानमा भूकम्प, कम्तिमा २० जनाको मृत्यु

असोज २१, एजेन्सी । दक्षिणी पाकिस्तानमा आज (बिहीबार) बिहानै भूकम्प गएको छ । आज बिहान करिब साढे ३ बजे दक्षिणी पाकिस्तानको बलोचस्तानमा ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रारम्भिक तथ्यांकअनुसार भूकम्पबाट २० जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र पाकिस्तानको हरनाईको १४ किलोमिटर उत्तर-पूर्व रहेको बताइएको छ ।

समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो । भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन् ।

पाकिस्तानको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार, हरनाईभन्दा १४ किमि एनएनईमा बिहीबार बिहान साढे ३ बजे गएको भूकम्प ६ रेक्टर स्केलको थियो ।

पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply